कृषी विकास बैँकको ५ करोड चोरी प्रकरणमा थप तीनजना पक्राउ

Diyo post  

काठमाडौँ, असोज १० । कृषी विकास बैँकको सिस्टम ह्याक गरि ५ करोड चोरी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पर्वतका २६ बर्षीय गणेश बस्याल, मालती देवि न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्ट रहेका छन् ।

भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका बस्यालको भने भारतमा बसेर हृयाकिङको योजना बनाउने काले भनिने पिटरसाग सम्पर्क भएको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनै बस्यालले मालती न्यौपाने र यसअघि पक्राउ परेका रामकृष्ण भुसाललाई रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले यसअघि घटनामा संलग्न भएको आरोपमा पटकपटक गरी १३ जना पक्राउ गरिसकेका छन् ।

सम्बन्धित खबर