काठमाडौं, १० असोज । ‘जग्गा दलाली धन्दा र कालोधन्दा’ भन्दै ३५ सेकेन्डको प्रोमो बजाएर करोडौंको जग्गामा पार्टनरसिप हत्याएको विषयमा दियोपोस्ट डटकमले न्युज २४ टेलिभिजनको कालोधन्दा पर्दाफास गरेको थियो ।
न्युज २४ टेलिभिजनले खडा गरेको पात्र आशिष शेरचन लगायत चार जना विरुद्ध शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
राजधानीको नैकाप स्थित शुक्रपथ सहकारीका सञ्चालकहरुले खरिद गरेको जग्गाको विषयमा न्युज २४ टेलिभिजनले ३५ सेकेन्डको प्रोमो बजाएर जग्गाको पार्टनरसिप लिएपछि भिडियो नै डिलिट गरिएको थियो ।
गत भदौ ४ गते जग्गा बेचविखनको सम्झौतामा आफूलाई अन्याय गरि करारनामा गरेको भन्दै नैकाप निवासी महेश सिंह ठकुरीले जिल्ला अदालत काठमाडौंमा सम्झौता रद्द गरी जग्गा रोक्का गर्न माग गर्दै मुद्दा दायर गरेका हुन् । मुद्दा दायर गरेसँगै न्युज २४ टेलिभिजनको जग्गा काण्ड नयाँ मोडमा पुगेको छ ।
गत भदौ ४ गते शुक्रपथ सहकारीका सञ्चालक र न्युज २४ टेलिभिजनले खडा गरेका पात्र आशिष शेरचन र शुभश्री इन्भेष्टमेन्ट प्रालीका पवन कुमार गर्गबीच सम्झौता भएको थियो । उक्त सम्झौता रद्द गरीपाउँ भन्दै ठकुरीले जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै जग्गा पास हुन तत्काल अशंभव हुने भएको छ ।
आफूलाई अन्याय भएको विषयमा न्युज २४ टेलिभिजनका मालिक अनिल जोशी र राजधानी दैनिकका मालिकका पुत्र आशिष शेरचनलाई पटक पटक सम्पर्क गर्दा पनि अन्याय गरेको ठकुरीले जानकारी दिए ।