बुटवलमा थुनुवाबाट प्रहरीलाई कोरोना सर्यो, ११ जना प्रहरी संक्रमित !

दियो पोस्ट  

बुटवल, १६ भदौ । ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण देखिएको थियो ।


थुनुवाको परिक्षणपछि गरिएको प्रहरीको परिक्षणमा कोरोना देखिएको हो ।

सङ्क्रमित प्रहरीहरूलाई बुटवलस्थित एन्फा एकेडेमीको आइसोलेसन केन्द्रमा राखिएको छ । यसअघि अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कन्ट्याक्ट ट्रेसिङका आधारमा १९ प्रहरीको पीसीआर परीक्षण गरिएको थियो ।

तीमध्ये ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि सङ्क्रमण पुष्टि भएका थुनुवाहरूको पनि आइसोलेसनमा उपचार भइरहेको छ ।

TATA ADD