मुग्लिन नारायणगढ सडकमा सवारी दुर्घटना : धादिङका शंकर सेडाईंको मृत्यु !

दियो पोस्ट  

सांकेतिक तस्विर

दियोपोस्ट संवाददाता,


चितवन, १७ भदौ । चितवनको नारायणगढ – सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धादिङको गजुरी गाउँपालिका २ घर भएका ३० वर्षिय शंकर सेडाई रहेका छन् ।


नारयाणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा १९ च ७६७७ नम्बरको बोलेरो र विपरित दिशाबाट आएको ग २ ख ४३१९ नम्बरको आइचर ट्रक गाइघाट भन्ने स्थानमा एक आपसमा ठोकिएको थियो ।
बोलेरो चालक सेडाईं आइचरको ठक्कराट गम्भिर घाइते भएका थिए ।

उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज ल्याएपछि उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले दियोपोस्टलाई बताए ।

बुधबार विहान ११ बजेर ३० मिनेट जाँदा भएको दुर्घटनामा सेडाईं घाइते भएका थिए । प्रहरी प्रवक्ता थापाका अनुसार दुबै सवारी साधन र अर्का चालक प्रहरीको नियन्त्रणमा छन् ।

सम्बन्धित खबर