म्याग्दी, १७ भदौ । भलिबल खेलमा जितेको भन्दै हार्ने व्यक्तिद्वारा जित्नेको हत्या गरिएको घटनामा प्रहरीले ५ जना अपराधीलाई पक्राउ गरेको छ ।
२०६६ फागुन गते म्याग्दीको ओखरबोट ३ चिउरीबोटमा महाशिव रात्रीको अवसरमा दार्जिङखोला युवा क्लव ओखरबोट म्याग्दीले आयोजना गरेको भलिबल खेल हारेपछि बागलुङको तमान गा।बि।स।वडा नं।०८ घर भएका बर्ष २१ को नारायण छन्त्यालको हत्या भएको थियो । हत्या गरेको अभियोगमा जिल्ला अदालत म्याग्दीबाट जनही २० बर्ष कैद (जन्मकैद) को सजायँ भई भएका उनीहरु फरार रहेका थिए ।
म्याग्दी मालिका गा.पा.वडा नं. ०४ का बर्ष २७ को दल प्रसाद पुन, बर्ष २९ को तिर्थेन्द्र घर्ती मगर, बर्ष ३३ को जिवन घर्ती गर, बर्ष २६ को दुर्गा बहादुर घर्ती र बर्ष २८ को बलमान घर्तीलाई जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट खटिएको बिशेष टोलीले कास्की जिल्लाको पोखराबाट पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार नै कैद सजाय भुक्चानका लागि जिल्ला अदालत पेश गरिएको थियो । जिल्ला अदालतको आदेशले उनीहरु कैद भुक्तानको लागि जिल्ला कारागार म्याग्दीमा पठाईएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीले फरार पक्राउ अभियान अन्तर्गत पछिल्लो २ महिनाको अवधिमा १९ जनालाई पक्राउ गरी अदालतको फैसलालाई प्रभावकारी कार्यान्वयन गर्दै आईरहेको जनाएको छ ।