भोलीदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो, के–के गर्न पाइन्छ ? (सर्कुलरसहित)

दियो पोस्ट  

काठमाडौं, १७ भदौ । भोलीदेखि उपत्यकामा निषेधाज्ञा फेरी ७ दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालयको सुचना अनुसार उपत्यकामा अब बिहान ११ बजेसम्म खाद्यान्न, फलफूल, तरकारीलगायत अत्यावश्यक सेवाका व्यवसाययहरु सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार रातिबाट लागू हुने गरी यस्तो निर्णय गरेका हुन्। उनीहरुले गर्न हुने १६ बुँदे र नहुने १३ बुँदे आदेश जारी गरेका हुन् ।

यसअघि बिहान सवा ९ बजेसम्म मात्र यी व्यवशाय सन्चालन गर्न पाइन्थ्यो। यसैगरि पीसिआर नेगेटिभ भएका व्यक्तिहरुबाट अनलाइन डेलिभेरी सेवा दिन पनि खुला गरिएको छ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त रुपमा भदौ १७ गते रातिदेखि थप एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय लिएका छन्।
यस्तो छ सर्कुलर

सम्बन्धित खबर