आजबाट अर्थमन्त्री युवराज खतिवडाको जागिर सकियो, वामदेव गौतम अर्थमन्त्री बन्ने पक्का

दियो पोस्ट  

काठमाडौँ, १८ भदौ । नेकपा सचिवालयको बैठकमा नेता बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजाने प्रस्ताव गरेको छ । बैठकमा प्रधानमन्त्रीले रिक्त राष्ट्रियसभा सदस्य पदमा सरकारका तर्फबाट राष्ट्रपति समक्ष गौतमको नाम सिफारिस गर्ने जानकारी गराएको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई बताए ।

यसैबीच राससका अनुसार सरकारको तर्फबाट गरिएको सिफारिसका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाईसमेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । सं

यसअघि सिफारिशसहित नियुक्त हुनु भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र बिमला राई पौडेल हुनुहुन्छ । त्यसमध्ये डा खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

यो सँगै वामदेव गौतम अर्थमन्त्री बन्ने बाटो खुलेको छ ।

TATA ADD