ललितपुर झडपमा ५ फोटो पत्रकार घाइते !

दियो पोस्ट  

काठमाडौं, १९ भदौ । ललितपुरको पूल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार पुल्चोकमा भेला भएको स्थानीय र प्रहरीका बिचमा भएको झडपको क्रममा ५ जना फोटो पत्रकार घाइते भएका छन् । घाइते हुनेहरुमा फोटोपत्रकारहरु एजेन्सी फ्रान्स प्रेस (एएफपि)का प्रकाश माथेमा, एशोसियटेड प्रेस (एपी)का निरन्जन श्रेष्ठ ,अन्नपूर्ण पोस्टका सुनिता डंगोल, द हिमालयन टाईम्सका स्कन्द गौतम र प्रतिक रायमाझी छन् ।
फोटो पत्रकार क्लब (पिजे)ले घटनामा घाइतेहुनेहरुको विषयमा विज्ञप्ति निकाल्दै चौथो अंगको रुपमा मानिएको संचार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेशण गर्न पाउने बाताबरण बनाउन र संयमित भई सहज बतावरण बनाउन पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर