युवराज खतिवडाकाे गुनासो : ‘माफियाहरुले नेकपाका नेताहरुलाई प्रयोग गरेर मलाई हटाउन खेले’

दियो पोस्ट  

काठमाडौं, १९ भदौ । अर्थमन्त्रीबाट पदमुक्त भएपनि डा. युवराज खतिवडाले आफूलाई माफियाहरुको योजनामा हटाएको बताएका छन् ।


उनले माफियाहरुलाई प्रधनमन्त्री ओलीकै निकट व्यक्तिहरुले साथ दिएको बताएको स्रोतले जनाएको छ । विहिबार विहान प्रधानमन्त्री ओलीसँग भेटमा उनले यस्तो गुनासो गरेका हुन् ।
‘माफियाहरुले नेकपाका नेताहरुलाई प्रयोग गरेर मलाई हटाउने खेल खेले’ खतिवडाको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘ वामदेव गौतमसँग त म अर्थमन्त्री भएको भोलीपल्टदेखि आमनेसामनेभएको हो ।’

अर्थृमन्त्री खतिवडाले राष्ट्रिय सभामा लैजाने विषयमा ओलीकै सारथी विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालले असहयोग गरेको गुनासो गरेका थिए ।


खतिवडासँग भएको छलफलमा ओलीले केही समय आफैँले अर्थमन्त्रालय राख्नेगरी खतिवडालाई नै चलाउनदिने र मुख्य सल्लाहाकारको भूमिकामा राख्ने तयारी थालेका छन् । उनले उक्त छलफलमा नेकपाका अरु सांसद अर्थमन्त्री बन्न लायक नभएको समेत सुनाएका थिए । तर, खतिवडाले सल्लाहाकार बन्ने विषयमा जवाफ दिएका थिएनन् ।

यद्यपी उनले अवको अर्थमन्त्री को हुन्छ ? भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले अर्थमन्त्रालय आफैले लिने वा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीलाई बनाउने विकल्प सुनाएका थिए ।

विहिबार बसेको नेकपाको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य नियुक्त गर्न सिफारिस गरेपछि खतिवडाको मन्त्री पद आजै समाप्त हुँदै छ ।

तर, प्रधानमन्त्री ओलीका खास पात्र रहेका खतिवडालाई आफूसँग निरन्तर सम्पर्कमा राख्न प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहाकार रुपमा निरन्तरता दिन चाहेका छन् ।

TATA ADD