हत्या गरेपछि हतियार र मृतकको टाउकोसहित अभियुक्त धादिङ प्रहरी कार्यालयमा !

दियो पोस्ट  

धादिङ, १९ भदौ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका ६५ वर्षिय सोमबहादुर गुरुङको धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।

विहिबार राती ११ बजे उनको हत्या भएको हो । हत्यामा समलग्न रहेका २६ वर्षिय राजु परियार प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन् । उनले आफूले हत्या गरेको भन्दै मृतकको टाउको र खुकुरी बोकेर प्रहरी कार्यालयमा पुगेका थिए । सामान्य भनाभन र विवादपछि ती युवाले गुरुङको हत्या गरेको जनाएको छ । यद्धपी अन्य विरण आइसकेको छैन ।

सम्बन्धित खबर