न्युरोड स्थित नौलो परिवेश सहकारीका प्रबन्धक साढे ५ करोड ठगी अभियोगमा पक्राउ !

न्युरोड स्थित नौलो परिवेश सहकारीका प्रबन्धक साढे ५ करोड ठगी अभियोगमा पक्राउ !

काठमाडौं, २४ भदौ । काठमाडौंको न्युरोडमा रहेको नौलो नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडमाका प्रबन्धक रामकाजी खड्गी पक्राउ परेका छन् ।

प्रबन्धक पदमा मिति २०७० असार देखी मिति २०७७ जेठ मसान्त सम्म ७ बर्ष कार्यरत रहँदा उक्त सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा लिई उक्त संस्थाको सम्पुर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरेको भन्दै उनलाई महानगरीय अपराध महासखाले पक्राउ गरेको हो । महासाखाले उनलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बबन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको महासाखालो बताएको छ ।

Trending News