श्री लालीगुराँस सहकारीमा शंकाष्पद कारोबार : सुरेन्द्र भण्डारीले नै करोडौँ अपचलन गरेको खुलाशा

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र २१, २०७८ | १३:४०:४२

काठमाडौं, १९ भदौ । मिटरब्याजी महेश सिंह र माओवादी युद्धकालको कालोधनको शंकाष्पद कारोबार गर्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा चरम आर्थिक घोटाला भएको पाइएको छ ।

सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले मनोमानी रुपमा करोडौँ रकम अपचलन गर्ने गरेको पाइएको हो । सर्वसाधरणलाई १८ देखि २० प्रतिशतसम्म ब्याज असुली गर्दै आएको उक्त सहकारीले आफ्नै प्रमुख कार्यकारी निर्देशकलाई भने ३ प्रतिशत ब्याजमा ऋण दिएर करोडौँ घोटाला गरेको पाइएको हो ।


कार्यकारी निर्देशक भण्डारीले ऋणीको सम्पत्ति हत्याउन २१ प्रतिशतसम्म ब्याज र १५ प्रतिशत पेनाल्टी लगाएर मिटर ब्याज शैलीमा असुली गर्र्दै आएका छन् । तर, आफ्ना लागि भने ३ प्रतिशत ब्याजमा सहकारीबाट ऋण निकालेको स्टेटमेन्ट आर्थिक दैनिकले फेला पारेको छ ।

स्टेटमेन्ट अनुसार भण्डारीले २०७२ साल चैत्र २९ गते श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीबाट ३ प्रतिशत ब्याजमा १ करोड ८५ लाख रुपैयाँ ऋण निकालेका छन् ।

उक्त रकम उनले घरजग्गामा दलालीमा लगानी गर्न निकालेका हुन् । सकारी बैंकको नाममा फेरी सर्वसाधरणलाई ठगी गर्न लागि परेका उनले सहकारीमै ३ प्रतिशतमा ऋण अपचलन गरेको भेटिएको हो । यसले उनीसहित कांग्रेस नेता आनन्द ढुंगानाले सञ्चालन गर्ने भनेको सहकारी बैंंकमा समेत नयाँ शैलीको अपचलन हुने आशंका बढाएको छ ।

आर्थिक दैनिकमा उपलब्ध भएको स्टेटमेन्ट अनुसार सर्वसाधरण ऋणीले २१ प्रतिशतसम्म ब्याज र १५ प्रतिशत पेनाल्टी बुझाएका छन् । बुझाउन नसक्नेको घर जग्गा आफ्नै कम्पनि मार्फत धितो कम मुल्यांकन गरेर सकार्ने गरेको तथ्य समेत भेटिएको छ ।


श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबा २०६७ सालमा ऋण लिएकी अन्जु पुरीले भने २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टी बुझाएको स्टेटमेन्टमा देखिन्छ ।

उनले ब्याज बुझाउन नसकेको केही महिनापछि ऋणी लाई थाहा नै नदिई सन् २०१७ जुलाई २० मा भण्डारीले पुरीको नाममा रहेको २१ रोपनी जग्गा कौडीको भाउमा लिलामी गरेर आफ्नै कम्पनि मार्फत बेचविखन गरेको पाइएको छ ।


यता भण्डारीले भने श्री लालीगुराँस सहकारीबाटै सन् २०१७ जुलाई २० मा १० लाख रुपैयाँ निकालेको अर्को स्टेटमेन्टमा देखिन्छ ।

२०७४ साल पौष ४ गते श्री लालीगुराँस सहकारीबाट भण्डारीले ३ करोड ५० लाख रुपैयाँ ऋण निकालेको देखिन्छ । तर, उक्त ऋण पनि घरजग्गा दलालीकै लागि निकालेको स्टेटमेन्टमै देखिन्छ ।

आर्थिक दैनिकले फेला पारेको कागजात अनुसार उक्त उनले ल्यान्ड पर्चेजको लागि भन्दै १२ प्रतिशतमा उक्त ऋण हत्याएका हुन् ।


गोरखा जिल्लाको साविक थालजुङ गाविस १ घर भएका भण्डारी सामान्य परिवारबाट काठमाडौं आएका थिए । कुनै समय उनी काठमाडौंको मम पसलमा काम गर्थे ।

तर श्री लालीगुराँस सहकारीमा हात हालेपछि उनले अर्बौंको सम्पत्ति जोडेका छन् । लालीगुराँस सहकारीकै रकम हिनामिना गर्न भण्डारीले ‘लालीगुराँस’ ब्रान्डको विभिन्न कम्पनि खडा गरेका छन् । जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनि प्राली मार्फत उनले घरजग्गाको धन्दा चलाउँदै आएका छन् ।


घरजग्गा कारोबारका लागि उनले आफ्नै कम्पनिको नाममा समेत करोडौँ ऋण निकालेका छन् । सहायक कम्पनि खडा गरेर ऋण निकालिएको घटना पटक पटक सार्वजनिक हुँदा पनि कुनै निकायले सरोकार दिएका छैनन् । मास्टर लिस्ट अफ लोनका अनुसार अनुसार सन् २०१४ जुलाई १५ मा जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङको नाममा ४ करोड ८० लाख रुपैयाँ निकालिएको छ ।

ललितपुरकै भनिमण्डलमा कार्यालय रहेको उक्त कम्पनि भण्डारीकै स्वामित्वको हो । त्यति मात्रै होइन सहकारीकै भवन तल रहेको एक कार्पेट पसलको नाममा समेत उनले करोडौँ ऋण निकालेर शंकाष्पद कारोबार गरेका छन् ।


गायक रामकृष्ण ढकालको घर हत्याएपछि उनले आफ्नै दाई अमृत बहादुर भण्डारीलाई घर कुरुवा राखेका थिए । दाई अमृतलाई श्री लालीगुराँसबाट एकै पटक ३ करोढ ३७ लाख रुपैयाँ भन्दा बढी रकम समेत ऋण निकालिएको स्टेटमेन्टमा देखिन्छ ।

अचम्म के छ भने उनले आफ्ना दाजुका लागि भने ५ पटकसम्म ब्याज मिनाह गरेका छन् । ब्याज मिनाह गरेर आपैले उक्त रकम अपचलन गरेको स्रोतले जनायो । आर्थिक दैनिकमा खबर छ ।

सम्बन्धित खबर