४३ वर्षदेखि हुँदै आएको कांग्रेसको चियापान यस वर्ष नहुने

दियो पोस्ट  

काठमाडौं ।  नेपाली कांग्रेसले दसैं, तिहार र छठ लगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ।

विसं २०३३ मा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्ने परम्परा थियो।

यस वर्ष आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते प्रत्यक्ष निर्वाचनअन्तर्गतका उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले यस वर्षको चियापान नगरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिपीपछि यो परम्परालाई गणेशमान सिंह, पूर्वसभापतिहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिँदै आएका थिए।

रासस

सम्बन्धित खबर