रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दिने

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । रवि निकट स्रोतका अनुसार चितवन २ बाटै उठ्ने निर्णय भएको हो ।

उनी उम्मेदवारी मनोनयनका लागि चितवन पुगेका छन् । चितवन क्षेत्र नं-३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सिफारिस