रौतहट-३ बाट एमालेका प्रभु साहले दिए बागी उम्मेदवारी

दियो पोस्ट  

काठमाडौं ।  नेकपा एमालेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीले उनलाई टिकट दिए पनि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएको उनकी पत्नीसमेत रहेकी मौलापुर नगरपालिकाकी मेयर रिना साहले जानकारी दिइन्।

साहका अनुसार टिकट दिने वाचासहित नेता साहले आफूसँगै विभिन्न पार्टीबाट भित्र्याएका नेतालाई एमालेले टिकट नदिएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए।

सम्बन्धित खबर