खेलकुद मन्त्री र सदस्यसचिवलाई झड्का : तेक्वान्दो खेलाडीको पक्षमा उच्च अदालतको आदेश

दियो पोस्ट  

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको राष्ट्रिय खेलकुद परिषदलाई झड्का लागेको छ । उच्च अदालत पाटनको आदेशका कारण तेक्वान्दो खेलमा षडयन्त्र गर्ने खेलकुद मन्त्री महेश्वर गहतराज र राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई झड्का लागेको हो ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई सहभागी नगराई शिव कोइराला नेतृत्वको राष्ट्रिय तेक्वान्दो संघका खेलाडी मात्रै सहभागी गराउने तयारी भएको थियो । सोही निर्णय विरुद्ध उच्च अदालत पाटन पुगेका संघका खेलाडीको पक्षमा उच्च अदालत पाटनले आदेश दिएको छ ।

शुक्रबार उच्च अदालत पाटनले यसअघि जारी भएको अल्पकालिन अन्मरिम आदेशलाई निरन्तरता दिएको छ। ।

गत अुुसोज १३ र १३ गते बागमति प्रदेश खेलकुद विकास परिषदको आयोजनामा नेपाल तेक्वान्दो संघलाई समेत सहभागी गराएर छनौट गरिएको थियो । परिषदको आयोजनामा संघमा आवद्ध १३ वटै जिल्लाका खेलाडी सहभागी भई छनौट प्रक्रियामा भाग लिएर राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका थिए ।

संघका तर्फबाट २२ जना खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन छनौट भएका थिए । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले भदौ २३ गते बागमती खेलकुद परिषद्मा नवौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनौट भएका खेलाडीहरुको नामावली पठाएको थियो ।

तर, प्रदेश सरकारले गरेको छनौटलाई खेलकुद मन्त्री र सदस्य सचिव टंकलाल घिसिङको निर्देशनमा सहभागी नगराइने भएपछि खेलाडीका तर्फबाट उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो। गत असोज २५ गते खेलाडीका तर्फबाट अन्तरिम आदेश माग गर्दै उच्च अदालतमा मुद्दा दायर भएको थियो ।

उच्च अदालत पाटनले प्रदेश खेलकुद परिषद बागमतीबाट तेक्वान्दो खेल्नका लागि मिति २०७९। असोज १२ र १३ गते खेलाडी छनौट सम्बन्धमा गरेको निर्णय कार्यान्वयन नगर्नु र नगराउनु भन्दै अल्पकालिन अन्तरिम आदेश समेत दिएको थियो।

राखेपले अदालतले जारी गरेको म्याद नबुझी छलफलमा समेत उपस्थित नभएपछि अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिएको हो ।

 

सम्बन्धित खबर