लागुऔषधसहित ३ जना भारतीय र १ नेपाली नागरिक पक्राउ

दियो पोस्ट  

चितवन । चितवन प्रहरीले लागुऔषधसहित तीन जना भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।

वीरगन्जबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारमा ठूलो परिमाणमा लागुऔषध भेटिएपछि चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको एसपी नवराज अधिकारीले जानकारी दिए। उनकाअनुसार भारतीय नम्बर प्लेटको कारमा लागुऔषध ओसारपोसार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टको कमान्डमा खटिएको प्रहरी टोलीले निगरानी बढाएको थियो।

सम्बन्धित खबर