काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको दाबी गरेका छन् । आइतबार आयोजित सत्ता गठबन्धनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सबै मिल्नुपर्ने आवश्यकता रहेको पनि बताए।
‘अहिले जुन गठबन्धन बनेको छ। नेपालमा लडेर ल्याएको लोकतन्त्र छ। त्यसलाई स्थायित्व दिनुपर्ने आवश्यकता छ। प्रतिगमनको खतरा अझै पनि छ। त्यसैले सबै पार्टी एक हुनु जरुरी छ। त्यसैले गठबन्धनमा सबै मिल्नु आवश्यक छ’, उनले भने।
प्रधानमन्त्री देउवाले गठबन्धन संस्कृतिको विकास भएको बताए।