बाढीपीडितलाई चामल बाँडेपछि मन्त्री मेटमणि चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै सहरी विकासमन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले निर्वाचन आचारसंहिता उल्लंघन हुँदैन भन्ने स्पष्ट जवाफसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले आइतबार मन्त्री मेटमणि चौधरीलाई निर्देशन दिएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता रहेका मन्त्री चौधरी दाङ निर्वाचन क्षेत्र नम्बर १ मा आगामी मंसिर ४ गतेको निर्वाचनका लागि उम्मेदवार छन् ।

सम्बन्धित खबर