अनुसन्धानका लागि सन्दीपविरुद्ध तेस्रोपटक म्याद थप

दियो पोस्ट  

काठमाडौं । बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बुधबार प्रहरीले तेस्रोपटक म्याद थप्दै छ ।

थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी थप सात दिन म्याद थप्ने निर्णयमा पुगेको हो । लामिछानेलाई बुधबार अदालत लैजाने तयारी गरिएको छ। प्रहरीले सन्दीपविरुद्ध २० असोजबाट गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो । दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो ।

जसको अवधि मंगलबार सकिएको छ । तर, मंगलबार सार्वजनिक बिदा भएकाले म्याद थप हुन सकेन । प्रहरीले २४ असोजबाटै बयान लिने काम सुरु गरेको थियो । यस क्रममा उनले प्रहरीसमक्ष ‘इन्कारी बयान’ दिएका थिए । तर, बलात्कृत भएकी भनिएकी बालिकासँग भेट भएको भने उनले स्वीकार गरेका छन् ।

करिब एक महिनाजति विदेशमै रहेका लामिछाने नेपाल आउनेबित्तिकै त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।