एमाले उम्मेदवार चौधरीलाई आयोगको प्रश्न-विपक्षीलाई गोली ठोक्ने अभिव्यक्ति दिएको हो ?

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

इटहरी उपमहानगरपालिका-१४ मा कार्यकर्ता भेटघाटका क्रममा चौधरीले विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक प्रभाव पर्ने गरी दिइएको धम्कीपूर्ण तथा हिंसाउद्यत गराउने अभिव्यक्ति तपाईँले नै दिएको होइन भन्ने आधार र कारण के छ?,’ आयोगले सोधेको स्पष्टीकरण्मा भनिएको छ । आयोगले चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ ।

सिफारिस