यस्तो छ एकीकृत समाजवादीको घोषणा पत्र (पूर्णपाठ)

दियो पोस्ट  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले २०५१ सालमा तत्कालीन प्रधानमन्त्री तथा एमाले नेताले निर्वाचन क्षेत्रको समान विकासका लागि अघि सारेको नौ ‘स’ को अवधारणालाई ब्युँत्याउने भएको छ।

सोमबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै महासचिव वेदुराम भुसालले निर्वाचन क्षेत्रको वैज्ञानिक विकासका लागि त्यस अवधारणालाई परिमार्जनसहित निरन्तरता दिन लागिएको बताए। ‘नौ स को अवधारणा निर्वाचन क्षेत्रको समग्र विकासका लागि वैज्ञानिक छ। त्यसलाई छोड्ने कुरै भएन नि। हामीले त्यसलाई निरन्तरता दिनेछौं,’ उनले भने।

नौ स नेपाली अर्थतन्त्रमा समाजवादउन्मुख नीति रहेको समाजवादीको घोषणापत्रमा लेखिएको छ। ‘नौ ‘स’ अन्तर्गत स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी, स्थानीय सडक, साना सिँचाइ, सघन बन, सामुदायिक विद्युतिकरण, साना तथा लघु उद्योग, सीपमूलक तालिमजस्ता पूर्वाधार र रोजगारमूलक कार्यक्रमहरू अघि सारिएका थिए। त्यो कार्यक्रम नेपाली अर्थतन्त्रमा विजारोपण गरिएको पहिलो समाजवादउन्मुख कार्यक्रम थियो,’ समाजवादीको घोषणापत्रमा भनिएको छ।

समाजवादीले निर्वाचन प्रणाली महंगो भएको भन्दै यसलाई फेर्नुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ। प्राप्त उपलब्धीको रक्षा र विस्तारका लागि पार्टी सधैंँ क्रियाशील हुने प्रतिवद्धता त्यस पार्टीको छ। आफ्नो घोषणापत्रमा समाजवादीले लोकप्रिय कार्यक्रम पनि अघि सारेको छ।

सम्बन्धित खबर