काठमाडौंको तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्यो, १ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं। काठमाडौंको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसी दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको रहेको काठमाडौं जिल्ला प्रहरी परिसरका एक जना अधिकृतले जानकारी दिए ।

मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।