काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा ३ जना विरुद्ध मुद्दा दायर भएको छ ।
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. प्रदिप ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध जलहरी लगाउने क्रममा एक किलो चारसय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको अनुसन्धनानले जनाएको छ ।
उनीहरुविरुद्ध जनही एक करोड १७ लाख १७८१ रुपैयाँ बिगो मागदावी गरिएको छ ।