कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

दियो पोस्ट  

धादिङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ हल्दारेमा ७२ वर्षीया सुकमाया गुरुङमाथि खुर्पा प्रहार गरी हत्या गरी सोही ठाउँका ३६ वर्षीय मंगल गुरुङ फरार भएका थिए ।

शंकित मंगल गुरुङलाई खोजतलास गर्ने क्रममा शनिबार धादिङको नेत्रावती डब्जोङ गाँउपालिका–४ हजारे स्थित निजको घरबाट केहीपर रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा फेला पारी सुरक्षा टोली र धादिङ कार्यालयबाट खटिएको सिनियर प्रहरी अधिकृत समेतको अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

उक्त घटना मंगलको सङ्गलनता रहेको खुल्न आएपछि उनीमाथि घटनाको सम्वन्धमा अन्य अनुसन्धान प्रकृया जारी रहेको छ ।