काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियमा पर्दाथमा गरिएको मूल्य वृद्धि आफ्नो जानकारीमा नभएको बताउँदै थाहा पाउनासाथ फिर्ता गर्न निर्देशन दिएको बताएका छन् ।
प्रतिनधिसभाको आइतबारको बैठकमा बौल्दै प्रधान्मन्त्री दाहालले भने, ‘पेट्रोलियम पर्दाथको मूल्य वृद्धि गरेको मेरो जानकारीमा थिएन ।’
प्रधानमन्त्री दाहालले स्वचालित मूल्यमा जाने एक महिना अघि निर्णय भए पनि अहिले चाडवाडका बेला जनताको पिरमर्का, भावना र आवश्यकता विपरीत रहेकाले आफुले सो निर्णय फिर्ता गराउन निर्देशन दिएको बताए । ‘प्रधानमन्त्री वा सम्बन्धित मन्त्रालय वा उपप्रधानमन्त्रीलाई पनि जानकारी नदिई वृद्धि गरियो, स्वचालित मूल्य भनेको आयल निगमको स्वतन्त्रता होइन, राज्यबाट अलग जाने हो भन्ने होइन, राज्यभित्रकै अंग हो,’ उनले भने ।
नेपाल आयल निगमले शनिबार देखि लागू हुनेगरी पेट्रोलियम पर्दाथको मूल्य वृद्धि गरेको थियो । प्रधानमन्त्रीले आफ्नो निर्देशन पछि सो मूल्य वृद्धिको निर्णय फिर्ता लिइ आइतबार राति १२ बजेबाट पुरानै मूल्य कायम भएको छ । ‘म माननीय सदस्यलाई जानकारी के पनि गराउन आवश्यक ठान्छु भने एकजना माननीय प्रधानमन्त्री बाहिरबाट आउँदाआउँदै जनतालाई उपहार दिनुभयो भन्नुभयो, त्यो मेरो जानकारीमा थिएन,’ उनले भने ।
‘प्रधानमन्त्री वा सम्बन्धित निकायको निर्णय भन्द केही महिना अगाडि आयल निगम विस्तारै पहिलेको ऋण चुक्ता गरेर नाफा तिर गइराखेको स्थितिमा सायद यो उपयुक्त समय हो, स्वचालित मूल्यमा जाने भन्ने भएको थियो । त्यसैको आधारमा मूल्यवृद्धि भएको थियो । जुन अहिलेको जनताको पिरमर्का, जनताको भावना र आवश्यकताविपरीत थियो,’ उनले भने, त्यसकारण अहिलेको यो परिस्थितिमा त्यो मूल्य फिर्ता लिनुपर्छ भन्ने निर्णय गरियो । त्यही निर्णय निर्देशअनुसार आयल नियमले निर्णय फिर्ता लिएको छ ।’
आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।