
काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा पालले १९ जेठमा दुर्व्यवहार गरेको भन्दै पिडित महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन् ।
यसबारे छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो । छानबिनका लागी गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।
राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रहरीले जनाकारी दिए ।