
काठमाडौं । एमाले र कांग्रेस गठबन्धन बनेको अवस्थामा प्रचण्डको सरकार ढल्ने नत्र प्रचण्डले सरकार जोगाउन राष्ट्रिय, अन्तराष्ट्रिय हरतहरका प्रयास गर्नेछन्, जुन अहिले गरिरहेका छन् ।
प्रचण्डले प्रधानमन्त्री पद जोगाउनका लागि कांग्रेसका लागि सबै चिज छोड्न थालेका छन् । कांग्रेसकै दबाबमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई बचाउने प्रयासदेखि उक्त प्रकरणमा अनुसन्धानमा संलग्न सुरक्षा अधिकारी (एआईजीपी, एसएसपी) को सरुवा, बालकृष्ण खाणहरुलाई पुर्पक्षमा राख्न आदेश गर्ने न्यायाधीशको कालापानी सरुवा गर्ने काम मात्र गरेका छैनन्, गुन्डागर्दीमा संलग्न भई व्यक्ति हत्याको अभियोगमा जेल गएका र ४० प्रतिशत पनि सजाय नकाटाएका रिगल ढकाललाई आमामफी दिनेजस्ता कुकर्ममा प्रधानमन्त्री प्रचण्ड लागेका छन् ।
सरकार जोगाउन सामान्य प्रशासन मन्त्रीबाट निकालेर जसरी पनि सरकार बनाइदिने कोशी प्रदेशमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराए र कोशी प्रदेशमा माओवादीका लागि हात लागि शून्य जस्तो भएको छ ।
त्यसैले, प्रचण्डले सरकार जोगाउन आफ्नो मन्त्री पदको सुरक्षाका लागि आफ्ना पार्टीका वा अन्य जस्तोसुकै निर्णय पनि लिन सक्छन् भन्ने उदाहरण पनि दिएका छन् । पार्टीभित्र, प्रशासनभित्र, गठनबन्धनभित्र मात्र होइन, कूटनीतिक छिमेकिहरुसँग पनि त्यही चलखेल गरिरहेका छन् । देशको हितमा भन्दा आफ्नो कुर्सीको हितका लागि प्रधानमन्त्री प्रचण्डले आफ्ना विदेश भ्रमणलाई प्रयोग गरेका छन् । त्यसैले अहिले प्रधानमन्त्री प्रचण्ड ‘जसरी हुन्छ, पद जोगाउ’ अभियानमा लागेका छन् ।
त्यसका लागि पछिल्लो दिनमा चाहिँ मन्त्रिपरिषद् हेरफेरमा जान सक्ने देखिएको छ । कांग्रेसले बालकृष्ष्ण खाडको बदलाका लागि नारायणकाजी श्रेष्ठलाई गृहमन्त्रीबाट खोजिरहेको छ । गृहमन्त्री हटाउने हो भने अन्य मन्त्रीहरु पनि हेरफेर हुनुपर्ने प्रचण्डको भनाइ रहेको छ । त्यसमा कांग्रेस सभापति देउवा पनि सहमति भएका कारण मन्त्रिपरिषद् हेरफेरको गृहकार्य हुन थालेको छ । अहिले सरकारमा सहभागि हरेक दलमा यो चर्चा पनि हुन थालेको छ । एकीकृत समाजवादीम मन्त्रीहरु साटफेर गर्ने पुरानै सहमति भएको थियो । मन्त्रीहरु हेरफेर गर्न सकिने गरी पठाएका कारण अहिले किसान श्रेष्ठ, प्रेम आले, शेरबहादुर, कुवँर, भानुभक्त जोशी, धनबहादुर बुढाहरु मन्त्रिपरिषद्मा हेरफेरका लागि पार्टीभित्र आवाज उठाउन थालेका छन् ।
उनीहरुको चाहना अनुसार अगाडि बढेमा प्रकाश ज्वाला र वेदुराम भुसाल फिर्ता हुने र अरु प्रवेश गर्ने छन् । अहिले त्यो आवाज विस्तारै उठ्न थालेको छ । अनि, माओवादी भित्र पनि नारायणकाजीलाई फिर्ता गराएर वर्षमान पुन आफू पनि जान खोजिरहेका छन् । गृह मन्त्रालयका कांग्रेसले लिएको अवस्था अर्थ मन्त्रालयमा माओवादीको भागमा पर्ने पुूनको बुझाई भएको कारण उनी अर्थमन्त्री हुने खेलमा रहेका छन् । सत्ता भन्दा बाहिर बस्न नचाहने र नसक्ने पुन कहिले आफू मन्त्री हुन्छन् कहिले श्रीमतीलाई अवसर दिन्छन् । माओवादी भित्र उर्जामन्त्री शक्ति बस्नेतले काम नगरेको चर्चा गरेर फिर्ता गर्नुपर्ने बताइरहेका छन् । तर, प्रचण्डले बस्नेतलाई मन्त्रीमा कायम राखेर थारु समुदायका मन्त्री अमनलाल मोदीलाई चाहिँ निकाले ।
त्यसैगरी, कांग्रेसभित्र उद्योगमन्त्री रमेश रिजालको भूमिका माथि प्रश्न उठिरहेको छ । हुन त रिजाल मात्र होइन, अन्य कांग्रेस मन्त्रीको काम भएन भनेर केन्द्रीय नेताहरुले नै प्रश्न उठाएका छन् । कांग्रेसका मन्त्रीहरुको प्रस्तुति उत्कृष्ट नभएको र सरकारमा कांग्रेस भएको अनुभुति जनतामा नभएको भन्दै नेताहरुले प्रश्न उठाएको कारण कांग्रेसभित्र पनि मन्त्रीहरु फेर्नुपर्ने आवाज बलियो रहेको छ ।काग्रेंसमा अर्थमन्त्री प्रकाशशरण महतलाई फिर्ता गर्नुपर्ने ठुलो आवाज रहेको छ ।
त्यसो त परराष्ट्र मन्त्री एनपी साउदको कूटनीतिक भूमिका र काम गराई निकै तल्लोस्तरको भएको पनि टिप्पणी भइरहेको छ । मन्त्रालय चलाउन नसकेको परराष्ट्रकै अधिकारीहरु बताइरहेका छन् । त्यसैले, उनीहरु पनि हेरफेरमा पर्ने सम्भावना रहेको छ । जसपाको हकमा चाहिँ अशोक राई प्रस्तुतिबाट उपेन्द्र यादव नै खुसी छैनन् । उनको सुस्त चालका कारण शिक्षा मन्त्रालयबाट खास काम नभएको उनको बुझाइ रहेको छ । हुन त, प्रदीप यादवलाई पहिले नै मन्त्री बनाउने प्रयास भएको थियो । राईलाई मन्त्री बनाउन पर्ने भएका कारण यादवलाई थामथुम पारिएको थियो । त्यसैले गर्दा राईको विकल्प यादव अगाडि आउन सक्ने पनि बताइन्छ । अहिले हरेक दलमा समस्या देखिएको र मन्त्रीका आकांक्षीहरु बढदै गएको कारण पनि अबको दिनमा मन्त्री परिषद्को हेरफेरमा बल पुगिरहेको छ । कांग्रेसको इतर समूहको नेता शेखर कोइरालाहरुको सरकार नै फेर्नुपर्ने आवाजलाई मत्थर बनाउन पनि शेर बहादुर देउवा र प्रचण्डको केही समयमै मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी गरेको बताइन्छ ।
आजको साँघु साप्ताहिक पत्रिकामा खबर छ ।