इन्द्रजात्रा हेर्न गएका किशोरको न्युरोडमा हत्या, २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौंं । काठमाडौंको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा इन्द्रजात्रा हेर्न गएका एक किशोरको हत्या भएको छ ।

ओखलढुंगाको लिखु गाउँपालिका–४ घर भएका हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको गएराति धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्कीलाई ट्रमा सेन्टर लगिएको थियो । त्यहाँबाट उनलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरिए प्रश्चात उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतले बताए ।

हत्यामा संलग्न आरोपमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।