न्युरोडबाट राजस्व छलीको मोबाइल र चोरीको गाडी बरामद, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंको न्युरोडबाट राजस्व छलिको मोबाइल र चोरीको गाडीसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार ८० थान मोबाइल र फोर्ड कम्पनीको बा.११ च ५०९४ नम्बरको गाडी बरामद गरिएको हो ।

पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका–७ घर भएका मिलन श्रेष्ठ रहेका छन् ।

बरामद सामानसहित उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।

सम्बन्धित खबर

सिफारिस