देलखामा ११ किलो सुन तस्करीः काठमाडौंबाट चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । दोलखामा बरामद ११ किलो तस्करीको सुन प्रकरणमा प्रहरीले एक चिनियाँ नागरिकसहित तीन जनालाई स्वयम्भूबाट पक्राउ गरेको छ । हाल सम्म यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ ।

पक्राउ पर्नेहरूमा तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङमाथि दोलखामा नै संगठित अपराध अन्तरगत मुद्दा चलिरहेको छ ।