धादिङ । धादिङमा ट्रकको ठक्करबाट स्कुल हिडेका २ छात्राको मृत्यु भएको छ ।
जिल्लाको पृथ्वीराजमार्ग अन्तर्रगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा बुधबार बिहान ट्रकले ठक्कर दिँदा २ जना विद्यार्थीको मृत्यु भएको हो ।
काठमाडौंबाट मुगलिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख– ६४१३ नम्बरको ट्रकले सडकछेउमा ठक्कर दिँदा दुईजना विद्यार्थीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक सुचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएका छन् ।
दुर्घटनामा वागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय संजिव श्रेष्ठ रहेका छन् ।
उक्त घटनापछि भागेको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनास्थलमा मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् ।