राजेन्द्र महतो निराह बन्दा ठाकुर हावी

दियो पोस्ट  

काठमाडौं । लोकतान्त्रिक समाजवार्दी पार्टी( लोसपा) मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोका दुई धारको भिडन्त सुरु भएको छ । अघिल्लो साता लोसपाको दुई दिन बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा उक्त दृश्य देखिएको हो । महतोले पार्टीलाई परिवारवादमा फसाएको भन्दै ठाकुरमथि जाइलागेका थिए । महतोमा देखिएको आक्रोशले पार्टीलाई विभाजनतिर लैजाने संकेत गरेको नेताहरुले टिप्पणी गर्न थालेका छन् । महतोले ठाकुरलाई परिवारवादमा फसाएको मात्र होइन, विकल्प दिन पनि आग्रह गरेका थिए ।

विगतमा जस्तो चर्को । ठाडो भाषामा भन्दा पनि केही शिष्ट र नरम शैलीमा महतोले ठाकुरमाथि प्रश्न उठाएका थिए । विकल्प दिन सम्झाएका महतोलाई कार्यकारिणी समितिमा औपचारिक रुपमा नेताहरुले समर्थन भने गरेका थिएनन् । ठाकुरसँग असन्तुष्ट केही नेताहरु कार्यकरिणी समितिमा भएपनि उनीहरु खुलेर विरोधमा उत्रिन सक्ने अवस्था छैनन् । पार्टीभित्र परिवारका अनेक सदस्यलाई मनोनित गरेर पार्टी कब्जा गरेर ठाकुरले कांग्रेसीकरण गरेको आरोप लगाइरहेका छन् ।

लोसपाभित्रमा कांग्रेस पृष्ठभूमि इतरको समूह अहिले महतोको नेतृत्वमा गोलबन्द हुन थालेको छ । सद्भावना र मधेशी जनअधिकार फोरमसहितका विभिन्न समूहबाट आएकाहरु एकातिर र कांग्रेस र राप्रपाबाट आएका अर्कोतिर बनेर समूह निर्माण भएको हो । त्यही समूह अनुसारको अघिल्लो साताको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महतोले धारणा राखेका हुन् । महतोले ठाकुरको विकल्प खोज्न थालेपछि अब परिस्थिति फेरिन थालेको बताइन्छ । लोसपाभित्र अहिले ठाकुर पक्षको केन्द्रीय समितिका दुईतिहाइ मत रहेको छ भने सांसद पनि ठाकुर पक्षकै धेरै थिए । राजपा हुँदा महतो पक्षका सांसद र केन्द्रीय सदस्य धेरै थिए ।

त्यतिबेला ठाकुरले नै महतोले भनेका कुरामा निर्णय हुन गरेको थियो । तर, अहिले महतो निरीह भएका छन् । इतिहासमै पहिलोपटक यति धेरै निरीह देखिएको भन्दै महतोनिकटहरु बताउन थालेका छन् । त्यसैले, अब लोसपामा महतोले दुईलाइन संघर्ष अगाडि बढाउने संकेत दिएको पनि बताइन्छ । तर, लैनचौरको भूमिकाले पनि काम गर्ने भन्दै लोसपाका धेरै नेता कार्यकर्ता भने पर्ख र हेरको अवस्थामा रहेको पनि बताइन्छ । त्यसैले धेरै जनाले औपचारिक रुपमा बोल्ने गरेका पनि छैनन् । लैनचौरले महतोभन्दा ठाकुरलाई धेरै विश्वास गरिरहेको चर्चा लोसपामा हुने गरेको छ ।

आजको साँघु साप्ताहिक पत्रिकामा खबर छ ।

सिफारिस