राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गर्ने कृष्ण पहाडीसहित १३ जना मानव अधिकारवादी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सोमबार राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शनमा कृष्ण पहाडीसहित १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् ।

राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न लगायत विषयमा केन्द्रित रही समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको हो ।

असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिएका सजाय माफीको विषय निकै विवादित बनिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस