सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा एक युवती मृत फेला

दियो पोस्ट  

काठमाडौ । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुरको इमाडोल घर भएकी २० वर्षिया भूमिका राउत सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा आफ्नो प्रेमीसँग बस्दै आएकी थिइन् । प्रेमीले आफूसँग खर्च सकिएपछि आइतबार बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएका छन् ।

घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गर्नुका साथै शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।