भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणः राहुल महारा लगायतविरुद्ध मुद्दा दर्ता, यस्तो छ सजाय मागदाबी (पूर्णपाठ)

दियो पोस्ट  

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौंमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहुलसँगै यो प्रकरणमा चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई प्रतिवादी बनाएको हो । प्रतिवादी ४ मध्ये निमा फरार छन् ।

उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो ।

प्रतिवादीहरूलाई कसुरको प्रकृतिअनुसार बिगोको आधारमा ३ देखि ५ वर्षसम्मको सजाय मागदाबी गरिएको छ ।

उनीहरूले ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

यस्तो छ सजाय मागदाबी (पूर्णपाठ)

सम्बन्धित खबर