दसैँमा महँगीको मार

दियोपोस्ट संवाददाता

 

काठकाडौं । कलङकीस्थित एक फर्निचरमा कार्यरत रामप्यारी गुरुङलाई दसैँ आएपछि अर्को तनाव थपिन्छ । फर्निचर उद्योगमा काम गरेर गुरुङले कमाएको मासिक १७ हजार रुपियाँले आफू र तीन साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा र कोठा भाडालगायतका खर्च पु¥याउन सकस छ ।

नजिकिँदो दसैंले उनलाई झनै सकस बनाएको छ । त्यसो त गएको साउन देखि गुरुङले यसअघि पाउँदै आएको १५ हजार तलबमा दुई हजार बढेर मासिक १७ हजार रुपियाँ पुगेको छ । तलब दुई हजार बढेर के गर्नु ? उनले भने, महँगी तीन वर्षको बिचमा तीन गुना बढेको छ । थोरै कमाइले कसरी छोराछोरीको माग पूरा गर्नु र खै !

गुरुङको यो भोगाइले न्यून आय भएका नागरिकको अहिलेको जटिल अवस्था स्पष्ट देखाएको छ । चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि गुरुङ जस्ता थोरै कमाइ हुनेको दिनचर्या झनै कठिन भएको छ । न्यून आय भएका किसान तथा दैनिक मजदुरी गर्ने श्रमिकका लागि चाडपर्व सधैँ ठुलो सङ्कट लिएर आउने गर्छ ।

आजको गोरखापत्र पत्रिकामा खबर छ ।