दाङमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

दाङ । दाङमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा जिल्लाको तुलसीपुर उपमहानगरपालिका–९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय २ जना किशोरहरू रहेका छन् ।

सोही उपमहानगरपालिका–८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुछ्रे बैंकको एटिएमबाट नगद १ लाख रुपैयाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित  मानिसहरुले लुटपाट गरेका थिए ।

लुटपाटको क्रममा उनको साथमा रहेको नगद र मोबाइल लुटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त नगद र मोबाइलसहित बुधबार दिउँसो सोही उपमहानगरपालिका–१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस