नागढुंगामा कार दुर्घटना हुँदा ३ जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौं । नागढुंगामा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको बा १५ च ९०६४ नम्बरको कार सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस