चोरीको आरोप लागेका ९ जना सार्वजनिक

दियो पोस्ट  

काठमाडौं । इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको आरोपमा पक्राउ परेका  ९ जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको उनको भनाइ थियो ।