मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

दियो पोस्ट  

काठमाडौं । तपाई मलेसियामा गैरकानुनी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने चाँडै स्वदेश फर्किने प्रक्रियामा जानुहोला, नत्र कुनै पनि समय पक्राउ पर्नुहुनेछ ।

मलेसियाले गैरकानुनी कामदारमाथि धडपड तीव्र पारेसँगै चार नेपालीसहित १ सय ३६ कामदार पक्राउ परिसकेका छन् । मलेसिया अध्यागमन विभाग (जेआईएम)ले त्यहाँँको जालान मुन्सी अब्दुल्लाहको एक लक्जरी कन्डोमिनियम आवासमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । अध्यागमन विभागका महानिर्देशक दातो रुस्लिन बिन जुसोहकोन नेतृत्वमा त्यस क्षेत्रमा रहेका विदेशीले अध्यागमनमा गुनासो गरेपछि छापा मारेर उनीहरुलाई पक्राउ गरिएको बताएको छ । छापा मारेर ३ हजार १६ विदेशीलाई विभिन्न कसुरमा पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा नेपाली ४, इन्डोनेसियाका ४५, पाकिस्तानको ४१, भारतीय ३३ र थाईका १ जना रहेको अध्यागमनका महानिर्देशक बिन जुसोहले जानकारी दिए । पत्ता लगाएका सबैभन्दा बढी अपराधहरु ओभरस्टे, म्याद सकिएको राहदानी र कुनै वैध यात्रा कागजातहरु नभएका भेटिएको उनले बताए । अध्यागमन विभागका ३ सय ३८ अफिसरहरु र सदस्यहरुको बलमा पुत्रजया, क्वालालम्पुरको संघीय क्षेत्र, मेलाका र नेगेरी सेम्बिलनका सदस्यहरुको बलमा गरिएको अपरेसनले राष्ट्रिय दर्ता विभाग (जेपीएन) र मलेसियन सिभिल डिफेन्स फोर्स (एपीएम) को सहयोग उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका सबैलाई अध्यागमन एने १९५९/६३, राहदानी ऐन १९६६ र अध्यागमन नियमावली १९६३ बमोजिम थप अनुसन्धानका लागि सेमेन्यिह अध्यागमन डिपो, सेलङ्गर पठाइएको अध्यागमले जनाएको छ । गैरकानुनी रुपमा बसेका नेपाली कामदारले आवश्यक जरिमाना तिरेर अध्यागमन विभागबाट चेकआउट मेमो लिएर नेपाल फर्किन भने सक्नेछन् ।

पासपोर्ट नभएकाको हकमा यात्रा अनुमतिपत्र बनाउका लागि त्यहाँ रहेको नेपाली दुतावासमा नागरिकताको प्रतिलिपि पासपोर्ट साइजको दुईप्रति रंगिन फोटो र १ सय ६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

पछिल्लो समय मलेसियामा सयौं नेपाली पक्राउ परेको भन्दै गैरकानुनी भएर नबस्न यदि बसेको भए आवश्यक पर्ने जरिमाना तिरेर नेपाल फर्कन दूतावासले अनुरोध गर्दै आएको छ । मलेसियामा करिब ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रका कार्यरत रहेको पाइन्छ ।

आजको राजधानी पत्रिकामा खबर छ ।