बैतडीमा १८ वर्षीया बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

बैतडी । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४ लडागाउँ बस्ने १८ वर्षीय किशोर परेका छन् ।

किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।