
दाङ । दाङमा बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । १९ वर्षीय एक युवती विवाहको प्रलोभनमा परि सामुहिक बलात्कारमा परेकी छन्।
बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चारजनाले पालैपाले जबर्जस्ती करणी गरेका दाङका प्रहरीले जनाएको छ ।
१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।
पक्राउ पर्नेमा गढवा गाउपालिका–५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन्। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
विवाह गर्ने भन्दै किरणले बोलाएपछि ती युवती त्यहाँ पुगेकी थिइन् ।