राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशमा राउत नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

सम्बन्धित खबर

सिफारिस