सिन्धुली बस दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको हो ।

प्रहरी अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो।

बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित खबर

सिफारिस