
काठमाडौं । अर्थतन्त्र सुधारका लागि गर्नु पर्ने कामका लागि राय दिन सरकारले पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा उच्चस्तरीय सुधार सुझाव आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले खनालको नेतृत्वमा सुझाव आयोग गठन गर्ने निर्णय गरेको हो ।
पूर्व अर्थसचिव खनालको संयोजकत्वमा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो ।
आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन् ।
आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायतअर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श समेत गर्नेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरीनेपालको अर्थतन्त्रलाई परिवर्तित समय अनुसार गतिशिल बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझावहरु दिने विश्वास व्यक्त गरेका छन् ।