काठमाडौं । के तपाईंलाई थाहा छ केही उपायहरु अप्नाए वान्तालाई रोक्न सकिन्छ । आउनुस् ति उपायहरु जानौं । यात्रा गर्दा वान्ता हुने समस्यालाई अङ्गे्रजीमा मोसन सिकनेस् भनिन्छ । अर्थात गति रोग ।
गाडीमा यात्रा गर्दा गति रोग भएका सबैजसो उमेर समुहका मानिसहरुलाई वान्ता हुने समस्या हुन्छ । कसैलाई त झन गाडी चढ्ने बित्तिकै वा गाडी देख्ना साथ वान्ता हुने गर्छ । गाडीमा वान्ता गरेको न आफुलाई राम्रो लाग्छ न त अरुलाई नै । यसले गर्दा पनि कति मानिसहरु गाडीमा धेरै लामो यात्रा गर्न रुचाउदैनन् ।
गाडीमा चढ्दा वान्ता हुनुको मुख्य कारण हो ,कानले सन्तुलन मिलाउन नसक्नु । हाम्रा कानका भित्री भागहरु मस्तिष्कसंग जोडिएका हुन्छन् । कानले हाम्रो आवाजलाई मस्तिष्कसम्म पुर्याउछ । गाडीमा चढ्दा हामीले विभिन्न दृश्य देख्छौ साथै मिश्रित आवाज पनि धेरै सुन्नुपर्छ । लामो समय एउटै ठाँउमा बसिरहनुपर्छ । गाडीको गतिमा आँखाले देख्ने दृश्यहरु छिटो छिटो घुमेको देखिन्छ । त्यतिबेला हाम्रो कानले सन्तुलन मिलाउन खोज्छ तर मिलाउन सक्दैन । कारण स्वरुप मस्तिष्कमा पुग्ने सुचनाहरु प्रष्ट रुपमा जान नसक्दा वान्ता हुने गरेको डा.तोरण केसी बताउछन् ।
यसबाहेक गाडी चढ्दा वान्ता हुनुका विभिन्न कारणहरु हुन सक्छन् । केही प्रमुख कारणहरु यस्ता छन् ।
गाडीको हलचल : गाडि चल्दा हुने अचानक हलचलका कारण शरीरमा असहजता अनुभव भई वान्ता हुने गर्छ ।
गति रोग (Motion Sickness ) : कतिपय व्यक्तिहरुलाई गाडिको गति परिवर्तन गर्दा मस्तिष्क र शरीरको बीचमा असन्तुलनको अनुभव हुन्छ । जसलाई गति रोग भनिन्छ । यसले गर्दा पनि वान्ता हुने गर्दछ ।
वातावरण असहजता हुनु : लामो समयसम्म गाडीमा बस्दा गर्मी, खराब हावा , दुर्गन्ध वा थकानले पनि वान्ता हुने गर्छ ।
निन्दाकाे कमी : पर्याप्त निन्द्रा नपुगेका खण्डमा गाडीमा थकान र चिढचिढापन उत्पन हुदाँ वान्ता हुने संभावना हुन्छ ।
खानपान : गाडी चढ्दा कति व्यक्तिहरु लामो यात्रामा भोकाइन्छ भनेर धेरैँ खाना खाने गर्छन् । यस कारण पनि वान्ता हुने गर्छ ।
मनोबैज्ञानिक सोच : कतिपय व्यक्तिहरु भोलि वा पर्सिजसो यात्रा गर्नु छ भने अघिल्लो दिनबाट नै यात्राको कुरा सोचेर चिन्तित र त्रासित हुन्छन् । जसले गर्दा मानसिक रुपमा नै असन्तुलन पैदा हुनआउछ । यो पनि वान्ता हुनुको एक कारण हो ।
अन्य स्वास्थ्य समस्याहरु : माईगे्रन , पेटको समस्या ,ग्यास ,एसिड र अन्य समस्याले वान्ता हुन्छ ।
वान्ता भई सकेपछि यस्ता समस्याहरु देखा पर्छन् ।
वान्ता भएपछि चक्कर लाग्ने, शरिर एकमदै शिथिल हुने , कमजोर महसुस हुने , टाँउको दुख्ने , मुड अफ हुने , खान मन नलाग्ने जस्ता समस्याहरु देखिन्छन् ।
गाडीमा यात्रा गर्दा वान्ता हुनलाई रोक्न यसो गर्न सकिन्छ ।
गाडीमा वान्ता हुने समस्या भएका व्यक्तिहरुले गर्नै नहुने केही त्यसता क्रियाकलाप छन् । जसले वान्ता हुनबाट रोक्न सकिन्छ ।
यात्रा गर्दा कतिले. किताब पढ्ने ,मुभी हेर्ने, म्यूजिक सुन्ने, धेरै मोबाईल तथा ल्याबटप हेर्ने गर्छन् । यसो गर्दापनि वान्ता हुने गर्दछ । यात्रा गर्दा गाडी बाहिर देखिने दृश्यमा रमाउने कोशिस गर्नुपर्छ । गाडीमा यात्रा गर्दा केही घण्टाअघि नै खाना खानुपर्छ । खाना साधारण र मसलारहित खानुपर्छ । वान्ता हुन्छ भनेर खाना नखाई यात्रा गर्नुहदैँन । खाना नखाई यात्रा गर्दा ग्यास्ट्रिक समस्या हुने डाक्टरहरु बताउँछन् ।
वान्ता हुने व्यक्ति सकेसम्म अगाडिको सिटमा बस्नुपर्छ । गाडीमा यात्रा गर्दा धुम्रपान, मद्मयपान गर्नुहुदैन । पचाउन सहज हुने खानेकुराहरु र फलफुल खानुपर्छ । अत्याधिक मात्रामा वान्ता हुदाँ यात्रा गर्नुअघी नै डाक्टरहरुको सल्लाह अनुसार औषधिको सेवन गर्न सकिन्छ ।