एमाले–कांग्रेसमाथि प्रचण्डको आरोपः उहाँहरूको चाहना संविधान संशोधन होइन, खारेजी हो

राजनीति

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस संविधान खारेज गर्न लागिरहेको आरोप लगाएका छन्।

बुधबार बिहान सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भने, ‘उहाँहरूको चासो संविधान संशोधन हो भन्ने मलाई लाग्दैन, उहाँहरूको चाहनाचैँ संविधान खारेजी हो। एकैचोटि खारेज भन्न त भएन, पहिलो संशोधन भन्नपर्‍यो। यो कूटनीतिक भाषा हो। सदन पटकपटक विघटन भयो नि, जनताले हुँदैन भन्दाभन्दै पनि। त्यो सदन विघटन मात्रै थिएन, त्यसको मूल उद्देश्य संविधान विघटन थियो।’

त्यसैका लागि सुरुमा संविधान संशोधन भन्ने कूटनीतिक भाषा प्रयोग गरेको दाबी प्रचण्डले गरेका छन्।

उनले थपे, ‘उहाँहरूलाई समावेशिता मन परेको छैन, समानुपातिकता त झन् मन परेको छैन। संघीयता पनि मन परेको छैन, अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन। जुन बयलगाडा सिद्धान्त छ, जुन हामीले सबै सुनेकै छौँ।’

सिफारिस