गौशाला धर्मशाला खाली गर्न लागेपछि मारवाडी समितिले भन्यो– हामी बहालमा होइन, मोही हौं

तस्बिरहरु

दियोपोस्ट संवाददाता  

काठमाडौं ।  मारवाडी सेवा समिति आफूहरू गौशाला धर्मशालाको मोही भएको भन्दै प्रदर्शनमा उत्रिएको छ । समितिका सदस्यहरूले बुधबार विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन् ।

समितिले जारी गरेको विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले विक्रमसम्मत १९९७ सालमा मारवाडी समाजका रामकुमार मारवाडी लगायतका व्यक्तिहरूलाई बोलाई गाई, साँढे इत्यादिको संरक्षण, हेरचाह गर्न तथा पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुहरुको बसोबासको कुनै भरपर्दो व्यवस्था धर्मशाला बनाउन जग्गा उपलब्ध गराइएको उल्लेख छ ।

साथै पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपालसँग थप सहयोग उपलब्ध गराउने विषयमा २०६० साल जेठ १२ सम्झौता गरेकोमा उक्त सम्झौता कोषले २०८० साउन १७ गते एकतर्फी भङ्ग गर्नु गैर कानुनी रहेको समितिको दाबी छ ।

त्यसपछि पशुपति क्षेत्र विकास कोषको निर्णयविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त मुद्दामाथि निवेदकको दाबी नपुग्ने भनी अदालतले आदेश दिएकोमा निवेदक पक्ष उच्च अदालत जाने तयारीमा रहेको बताइएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिकाले धर्मशाला बुधबारदेखि खाली गर्न अनुरोध गरेको छ । त्यसका लागि महानगरले मंगलबार नै माइकिङ गरेको थियो ।

पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच मंगलबार गौशाला धर्मशाला व्यवस्थापनसम्बन्धी सहमति भएको थियो ।

TATA ADD