
फाइल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई पक्राउ अनुमति लिन जिल्ला अदालत कास्कीमा दिनभर प्रहरीले दौडधुप गरेको थियो । यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम ओलियालाई सम्पर्क गर्दा उनको फोन उठेन ।